बैंकहरुमध्ये कोरोना कोषलाई नबिल बैंकले दियो सबैभन्दा बढी ६ करोड रुपैयाँ


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकहरुमध्ये कोरोना कोषलाई नबिल बैंकले दियो सबैभन्दा बढी ६ करोड रुपैयाँ

नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि बनाइएको कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ।

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई दिएका हुन्।

उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण्ँ चौधरीको पनि उपस्थिति रहेको थियो।

समारोहमा शाहले भने, 'नबिल बैंकले कोरोना भाइरस महामारीका प्रभावविरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो सम्मान हो। बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरिका नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो।'

Read More