सकिँदै केवाईसिको झन्झट, बायोमेट्रिक विवरण सहितको डिजिटल आईडीको तयारी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सकिँदै केवाईसिको झन्झट, बायोमेट्रिक विवरण सहितको डिजिटल आईडीको तयारी

धितोपत्र बजारका सेवाग्राहीको ग्राहक पहिचान विवरण (सी–केवाइसी) को लागि अनलाईन प्रविधिमा आधारित केन्द्रीकृत प्रणाली विकास हुने भएको छ  ।  

धितोपत्रको केन्द्रिय निक्षेप सेवा नियमावलीमा भएको ब्यबस्था अनुसार सिडिएस एण्ड क्लिएरिङ्ग लिमिटेड (सिडिएससि) ले यो प्रणाली सुरु गर्न लागेको हो ।हाल यसको निर्देशिकाको मस्यौदा तयार भई नेपाल धितोपत्र बोर्डले सुझाव आह्वान गरेको छ  ।  सिडिएससिले ग्राहकको पहिचान विवरण केन्द्रीकृत रुपमा राख्नका लागि केन्द्रीकृत केवाइसी प्रणाली सार्वजनिक–निजी साझेदारीमा प्राविधिक साझेदार नियुक्त गरी लागू गर्ने गरी प्रणाली तयार पार्ने भएको हो ।

केन्द्रीकृत केवाइसी प्रणालीका निम्न विशेषता छन् :

-प्रणालीमा ग्राहकको बायोमेट्रिक (व्यक्तिगत परिचय) डिजिटल फोटो, नागरिकताको प्रमाणपत्र, जन्म दर्ताको प्रमाणपत्र लगायतका ग्राहकको परिचय खुल्ने प्रमाणपत्र सहितको केवाइसी विवरण केन्द्रीकृत रुपमा प्रविष्टि हुनेछ ।

-केन्द्रीकृत केवाइसी प्रणालीमा ग्राहक आफैं वा घरैबाट केवाइसि प्रतिनिधिको अधिकार प्राप्त व्यक्ति वा कर्मचारी मार्फत्बायोमेट्रिक विवरण प्रविष्टि गर्न सकिनेछ ।

-ग्राहकको व्यक्तिगत परिचयसहितको विवरण प्रमाणित गरे पश्चात प्रणालीबाट पृथक केवाइसी आइडी प्राप्त हुनेछ ।

-ग्राहकको बायोमेट्रिक, नागरिकताको प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्रको आधारमा ग्राहकको दोहोरो प्रविष्टि नहुने गरी प्रणालीले प्रमाणिकरण गर्नेछ ।

-ग्राहकको हितग्राही खाता खोल्नको लागि केन्द्रीकृत केवाइसी प्रणालीलाई केन्द्रीय निक्षेप प्रणालीमा आवद्ध गरिनेछ । 

-ग्राहकले धितोपत्र बजारमा कारोबार गर्न केन्द्रीकृत केवाइसी प्रणालीलाई कारोबार प्रणाली लगायत अन्य निकायसंग आवद्ध गर्न सक्नेछ ।

Read More