सिटिजन लाइफले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन लाइफले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आइपिओ) निश्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले ७५ करोड बराबरको आइपिओ निश्कासनको लागि एनआईबीएल एस क्यापिटलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्को तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । 
सिटिजन लाइफले १ सय रुपैयाँ अंकित दरमा ७५ करोड बराबरको ७५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ । हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब रुपैयाँ छ ।
कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि छुट्टाइएको ७५ करोडको शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नछ ।

Read More
  • MBL - below news