राष्ट्रिय वाणिज्य बैंक दैलेखका कर्मचारीसहित १७ जनामा कोरोना पुष्टि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंक दैलेखका कर्मचारीसहित १७ जनामा कोरोना पुष्टि

साउन २६, दैलेख  । यहाँको जिल्ला सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक जना कर्मचारीसहित १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

सोमवार स्वास्थ्य सेवा कार्यालयमा गरिएको परीक्षणमा उक्त बैंकका एक जना कर्मचारी, नारायण नगरपालिकाका १४ जना र भैरवी गाउँपालिकाका  तीन जनालाई कोरोना पोजेटिभ पुष्टि भएको हो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंकको सेवा प्रवाह प्रभावित बनेको छ  ।  उक्त बैंकको शाखा कार्याल्य अनिश्चितकालका लागि बन्द गरिएको छ ।

‘एक कर्मचारीमा कोरोना  पोजेटिभ देखियो’, वाणिज्य बैंक शाखा कार्यालय दैलेखका प्रमुख चेतन कुमार थापाले भने, ‘अन्य कर्मचारी लगायत सेवाग्राहीहरूमा संक्रमण नफैलियोस भनेर सेवा बन्द गरिएको हो ।’ 

परीक्षण गरिएका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यलय दैलेखका खोप अधिकृत थीर प्रसाद रेग्मीले पुष्टि गरेका छन् ।

Read More
  • MBL - below news