मोबाइल बैंकिङमा दर्ता भएको नम्बर हरायो? तत्काल परिवर्तन गर्नुहोस


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मोबाइल बैंकिङमा दर्ता भएको नम्बर हरायो? तत्काल परिवर्तन गर्नुहोस

नेपाल दूरसञ्चार प्राधिकरणले ६ महिनासम्म प्रयोगमा नआएको मोबाइल नम्बरलाई फ्रिज गर्नुपर्ने नियम ल्याएको छ। सेवा प्रदायकका लागि ल्याइएको यस्तो नियमको पहिलो प्रभावित भने प्रयोगकर्ता हुन्छन्।

यसरी कसैले लगातार छ महिनादेखि प्रयोग बिहिन भएको नम्बर छ भने टेलिकम कम्पनीहरुले आफ्नो कम्पनीको नियमअनुसार फ्रिज गरी अरु कसैलाई दिनसक्छन्।

मोबाइल नम्बर हराउँदा वा अरु कसैलाई कानूनी रुपमै दिंदा पनि सुरुमा नम्बरको स्वामित्व भएकाहरुले  सावधानी अपनाउनुपर्छ।

त्यस्तो नम्बर जुन अहिले प्रयोगकर्तासँग छैन तर कुनैबेला त्यही नम्बरको आधारमा समाजिक सञ्जालमा प्रयोगकर्ता सिर्जना गर्ने काम गरिएको हुनसक्छ। यस्तोमा नम्बर हराउने वित्तिकै वा प्रयोगमा नहुनेवित्तिकै नम्बर परिवर्तन गर्नुपर्छ।

त्यस्तै सबैभन्दा गम्भिर कुरा त्यस्तो नम्बरबाट मोबाइल बैंकिङ लिएको भए तत्काल जानकारी गराएर बैंकमा अहिले चलाएको नम्बर अपडेट गराउनुपर्छ।

Read More