एनआइसी एशियाको बदमासी, एउटा कम्पनीको चेक अर्कैको खातामा जम्मा गरेर 'गैरकानुनी' भुक्तानी !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइसी एशियाको बदमासी, एउटा कम्पनीको चेक अर्कैको खातामा जम्मा गरेर 'गैरकानुनी' भुक्तानी !

काठमाडौँ । तपाईं हाम्रो सानो गल्ती भयो भने बैंकले भुक्तानी दिंदैन । यतिसम्मकि हस्ताक्षरमा बैंकका कर्मचारीलाई शंका मात्र लाग्यो भनेपनि बैंकले भुक्तानी दिंदैन । दिनुपनि हुँदैन । तर मोरङको पथरी शनिश्चरेमा रहेको एनआईसी एशिया बैंकले भने एक कम्पनीको एकाउन्ट पेइ चेक नै अर्को कम्पनीमा जम्मा गरिदिएको खुलासा भएको छ । सामान्य बैंकिङ जानकारी भएको व्यक्ति पनि अचम्म पर्नेगरी प्रदेश नम्बर १ को पथरीस्थित बैंकले यसरी भुक्तानी गरेको हो । एउटा कम्पनीका पार्टनरले कम्पनीका नाममा खिचिएको चेक आफुमात्र संचालक भएको खातामा जम्मा गरेर रकम लागेपछि बैंकभित्रको लापरवाही छरपष्ट भएको हो ।

भएको के हो ?

घटना मोरंगको हो । पथरी शनिश्चरेमा रहको काविल कन्ट्रक्सन प्रा.लि. को नाममा काटिएको ३७ लाख ७३ हजार ६ सय १३ रुपैयाँको चेक बैंकले अर्कै कम्पनीको खातामा जम्मा गरिदियो । आफु पार्टनर भएको कम्पनीको रकम आफुमात्र 'सिग्नेचरी' भएको फर्मको खातामा आएपछि ती व्यक्तिले पैसा लिएर गए । जुन कम्पनीको नाममा चेक काटिएको हो, सो कम्पनीको खातामा जम्मा नै भएन । पथरी शनिश्चरे नगरपालीकाले भुक्तानी गरेको कृषि विकास बैंक लिमिटेडको उक्त चेक डिपोजिट गर्न कम्पनीका पार्टनरमध्येका एक गएका थिए । उनले आफ्नोमात्र हस्ताक्षर चल्ने खातामा उक्त चेक जम्मा गर्न आग्रह गर्दा बैंकले सजिलै गरिदियो । तर यो काम नियम विपरित भएको भन्दै अर्का पार्टनरले कुरा उठाएपछि यस्तो रहस्य खुल्यो ।

पथरी बहुमुखी क्याम्पसमा पार्किङका लागि स्वास्थ तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विनियोजन गरेको योजनाको रकम भुक्तानीमा यस्तो काण्ड घटेको हो । उक्त योजना काविल कन्स्ट्रक्सन प्रा. लि.ले ठेक्का पारेको थियो । काम सम्पन्न भएपछि नगरले काविल कन्ट्रक्सन प्रा.लिलाई काम वापतको चेक दिइएको थियो । तर बैकले उक्त रकम कम्पनीको खातामा नहाली सिधै रकम रविनकुमार राईकोमात्र हस्ताक्षर भए पुग्ने खातामा रकम जम्मा गरी भुक्तानी गरेको छ । जो उक्त कम्पनीका पार्टनरसमेत हुन् । आफ्नो खातामा रकम आएपछि उनले सो रकम निकालेका छन् । बैंकले ३७ लाख ७३ हजार ६ सय १३ रुपयाँको एकाउन्ट पेइ चेक रविन राईको पारुहाङ ग्रिल उद्योगको नाममा जम्मा गरी राईलाई भुक्तानी गरेको देखिन्छ । अझ अचम्मको कुरा त के छ भने काविल कन्स्ट्रक्सनका संचालक भुवन थापाले आफ्नो कम्पनीको खाता एनआईसी एसिया बैंकमा नभएको बताएका छन् । 

के भन्छ बैंक ? ...

Read More
  • MBL - below news