सरकारले अझै देखेन नेटवर्किङ ठगी 


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सरकारले अझै देखेन नेटवर्किङ ठगी 

काठमाडौँ — सरकारले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा नेचर हर्ब्स इन्टरनेसनल प्रालिलाई असार १७ गते इजाजत दियो । इजाजत पाएलगत्तै कम्पनीका एक लिडर दीपेश पुन मगरले उक्त दिनमै फेसबुकमा विभागबाट प्राप्त इजाजतपत्र र कम्पनीले नेटवर्किङ शैलीमा काम गर्न स्वीकृति पाएको भनेर पोस्ट गरे । 

उनले लेखेका छन्, ‘पेसागत रूपमै खुलेआम नेटवर्किङ व्यापार गर्न पाउने भइयो, जय नेटवर्क जय नेचर हर्ब्स ।’ अर्को पोस्ट गर्दै उनले ‘नेटवर्किङ गर्छु भनेर छाती तन्काएर हिँड्न मिल्ने भयो अबदेखि...’ लेखेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका महासचिव हेमराज सापकोटाले पनि साउन ७ गते फेसबुकमा लेखेका छन्– ‘नेटवर्क मार्केट मिहिनेत गर्नेहरूको व्यापार, जय नेटवर्क मार्केटिङ ।’ सापकोटा नेचर हर्ब्स इन्टरनेसनल प्रालि, मलेसियाका मुख्य लिडर हुन् । नेचर हर्ब्सजस्तै आइबोस ग्लोबल इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि (डीएक्सएन नेपाल) लगायतका कम्पनीले वस्तुको प्रत्यक्ष बिक्री नेटवर्क मार्केटिङ नै भनेर प्रशिक्षण दिइराखेका छन् । कम्पनीका लिडरहरूले फेसबुक र यु–ट्युबमा भिडियोसमेत पोस्ट गरेका छन् ।

Read More