एनएमबि बैंकका ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट १२ महिनासम्मको सरल किस्तामा सामान खरीद गर्न सक्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनएमबि बैंकका ग्राहकले सिजी डिजीटलको आधिकारीक वितरकबाट १२ महिनासम्मको सरल किस्तामा सामान खरीद गर्न सक्ने

 

काठमाडौं । एनएमबि बैंक लिमिटेड र सिजी डिजीटल बीच सून्य प्रतिशत इएमआईमा कर्जाका साथै अन्य डिजीटल प्रणालीबाट गरिने भुक्तानीमा छुट प्रदान गर्ने समझदारी भएको छ ।  समझदारी पत्रमा एनएमबि बैंकका प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र सिजी डिजीटलका प्रमुख–वित्त मुकेश खातोरले हस्ताक्षर गरेका छन् ।  यस अन्तर्गत एनएमबिका ग्राहकहरुले सिजी डिजीटलको आधिकारीक वितरकबाट उपभोग्य वस्तुहरुको खरीदमा १२ महिनासम्मको ‘एनएमबि सुलभ किस्ता’ योजनाअन्तर्गत १२ महिनासम्मको सरल किस्तामा समानहरु खरीद गर्न सक्नेछन् । यसका अतिरिक्त एनएमबिका ग्राहकहरुले सिजीका विविध उत्पादनहरुमा डेबिट/क्रेडिट कार्ड मार्फत गरिने भुक्तानीमा १८ प्रतिशतसम्म छुटको लाभप्राप्त गर्न सक्नेछन् । 

Read More
  • MBL - below news