'नेटवर्किङ बिजनेस'मार्फत रकम असुल्दै आएको आरोपमा चिकित्सक पक्राउ


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'नेटवर्किङ बिजनेस'मार्फत रकम असुल्दै आएको आरोपमा चिकित्सक पक्राउ

नेटवर्किङ बिजनेस (क्राउड १) गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन्। बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङबाट एमबीबीएस डाक्टर बालकुमार सुब्बा पक्राउ परेका हुन्।  

जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी राजेन्द्र रेग्मीका अनुसार नेटवर्किङ बिजनेसमार्फत ग्राहक बनाई रकम असुल्दै आएको आरोपमा उनलाई पक्राउ गरिएको हो। सरकारले अवैधानिक मानेको नेटवर्किङ बिजनेस (क्राउड(१)को संजाल विस्तार गरी बागलुङको पश्चिम क्षेत्रमा विभिन्न व्यक्तिलाई सदस्य बनाउने र रकम लिने गरेको गोप्य सूचनाको आधारमा समातिएको डीएसपी रेग्मीले जानकारी दिए।

रेग्मीका अनुसार पक्राउ परेका सुब्बामाथि थप अनुसन्धान भइरहेको छ। झापाको दमक नगरपालिका घर भएका सुब्बा करिब ५ वर्षदेखि जनरल फिजिसियनको रुपमा गुल्मी र बागलुङका विभिन्न निजी क्लिनिकमा काम गर्दै आएका थिए।

Read More