ब्रोडव्याण्डमा खर्च भयोे २ अर्ब ३८ करोड, सूचना महामार्गको काम कहाँ पुग्यो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ब्रोडव्याण्डमा खर्च भयोे २ अर्ब ३८ करोड, सूचना महामार्गको काम कहाँ पुग्यो ?

काठमाडौं । नेपाल दूर  सञ्चार प्राधिकरणले देशका विभिन्न स्थानमा ब्रोण्डव्याण्ड सेवा सञ्चालन गर्न असारमसान्तसम्म २ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ खर्च गरेको छ । उक्त परियोजनाको लागि प्राधिकरणले ५ अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ । हालसम्म भएको खर्च कुल परियोजनाका लागि विनियोजित बजेटको ४५.२९ प्रतिशत हो । 

प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी सञ्चालित देशभरीका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था आदिमा ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने योजना बनाएको छ  । 

सो योजनालाई कार्यान्वयनमा लैजान प्राधिकरणले १८ वटा प्याकेजहरूमध्ये ११ प्याकेजमार्फत ४१ जिल्लाहरूमा तोकिए बमोजिम शतप्रतिशत र २ वटा प्याकेजमार्फत ९ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाचएको छ । त्यस्तै ४ वटा प्याकेजमार्फत २० जिल्लामा नेटवर्क र कनेक्टिभिटी जडान कार्य भइरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

Read More