अटोमेटिक टेलर मेसिन नै एटिएम हो । एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । यस कार्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ । विकसित मुलुकहरुमा यसको प्रयोग बढ्दो रुपमा भएको छ भने नेपालमा सिमित मात्रामा भएको पाईन्छ । एटिएमबाट आफुले बैंकमा जम्मा गरेको रकम चाहेको समयमा छिटो तरिकाले झिक्न सकिन्छ ।
यी कुरामा ध्यान दिइएन भने एटीएम कार्ड ड्यामेज हुन सक्छ ।
सुचना तथा प्रविधि विज्ञहरुको सुझाबलाई आधार मान्ने हो भने नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको एटिएम कार्ड र एटिएम मेसिन सुरक्षति र भरपर्दो छैनन । यस्तो अवस्थामा समस्याको व्यवस्थापनका लागी हामी स्वयमले एटिएम कार्ड प्रयोगमा साबधानी अपनाउनु आवश्यक छ । साना साना गल्तिका कारण दिन रात एक गरेर पसिना बगाएर कमाएको कमाई एकै छिनमा गुम्न सक्छ ।
स्लिप च्यातिदिनु होस
एटिएमबाट पैसा निकाल्दा प्राप्त हुने स्लिप (पर्चा) मा भुलेर पनि लापरबाही नगर्नु होस्। यो स्लिपमा तपाईको बैंक खाता र एटिएमको पूर्ण जानकारी हुन्छ। यसबाट ह्याकरलाई तपाइको खाता ह्याक गर्न सहज हुन्छ। यस्तो अवस्थामा स्लिपलाई अत्यन्त सानो टुक्रा हुने गरी च्यात्नुहोस। अथवा एटिएमबाट पैसा निकाल्दा स्लिप नआउने विकल्प रोज्नुहोस र अनलाइनबाट आफ्नो खाताको विवरण जांच गर्नु होस ।
पिनलाई दोहोर्याउने गल्ति नगर्नुहोस
एटिएममा पिन नम्बर सेट गर्दा तपाइँ कसैको नजरमा त हुनुहुन्न ध्यान दिनुहोस। नम्बर सेट गर्दा वा डायल गर्दा ओठले त्यो नम्बर पढ्ने गल्ति नगर्नुहोस। अन्यथा तपाइँको लिप्सिंङ लाई आधार मानेर नै यसका अपराधीहरुले तपाइको पिन नम्बर पत्ता लगाउने छन।





