फेरि नेटवर्किङ धन्दा : नेचर हर्ब्ससँग स्पष्टीकरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेरि नेटवर्किङ धन्दा : नेचर हर्ब्ससँग स्पष्टीकरण

काठमाडौं : गैरकानुनी मानिएको पिरामिड शैलीको नेटवर्किङ व्यापारलाई केही कम्पनीले फेरि प्रवद्र्धन गर्न थालेका छन्। वस्तुको प्रत्येक्ष रूपमा व्यापार गर्न अनुमति पाएका कतिपय निजी कम्पनीले घुमाउरो गरी नेटवर्किङ व्यापारको पक्षपोषण हुने गतिविधि सञ्चालन गरेको पाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ। विभागले कतिपय कम्पनीले आफ्नो बेवसाइटमा समेत नेटवर्किङ शैलीकै विषयवस्तु समावेश गरेकाले तत्काल हटाउन निर्देशन दिएको छ।

वस्तुको प्रत्येक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावली २०७६ मार्फत इजाजत प्राप्त केही कम्पनीको गतिविधि शंकास्पद अवस्थामा भेटिएको विभागले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले केही कम्पनीको गतिविधि शंकास्पद लागेर स्पष्टीकरण सोधिएको बताए। ‘इजाजत प्राप्त गरेका केही कम्पनीकै गतिविधि शंकास्पद भेटिएपछि स्पष्टीकरण माग गरी गतिविधि सुधार्न चेतावनी दिएका छौं’, सुवेदीले भने,‘ नसुध्रिए कारबाही गर्छौं।’

Read More