काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीले शनिवार विशेष साधारण सभा सम्पन्न गरि जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न प्रारम्भिक समझदारीपत्र अनुमोदन गरेको छ भने अन्तिम सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।
स्वरोजगारले जनकपुर लघुवित्तलाई प्राप्ती गर्ने प्रारम्भिक सम्झौता गत माघ २८ गते गरेको थियो ।
स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर जनकपुर लघुवित्तको ७० कित्ता शेयर कायम हुने गरि गरिएको शेयर स्वाप अनुपातलाई समेत सभाले अनुमोदन गरेको छ ।
सभाले सोहि सहमति बमोजिमको शेयर स्वाप अनुपातलाई अनुमोदन गर्नुका साथै प्राप्ति पश्चात कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
प्राप्तिपश्चात पनि कम्पनीको नाम स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा संयुक्त कारोबार हुनेछ । संयुक्त कारोबार पश्चात नेपाल राष्ट्र बैंकको स्वीकृति लिई केन्द्रीय कार्यालय नागार्जुन नगरापालिका वार्ड नं ४ काठमाडौंमा स्थानान्तरण गर्ने निर्णयसमेत सभाले गरेको छ ।








