मनकामना स्मार्ट लघुवित्तले साउन ११ गतेदेखि एकीकृत कारोबार गर्दै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मनकामना स्मार्ट लघुवित्तले साउन ११ गतेदेखि एकीकृत कारोबार गर्दै

साउन ९, काठमाडौं । मनकामना लघुवित्त वित्तीय संस्थाले स्मार्ट लघुवित्त वित्तीय संस्थालाई गाभेपछि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको नामबाट साउन ११ गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।

दुई ओटा लघुवित्त कम्पनीको मर्जर सम्पन्न भएपछि एकीकृत कारोबार गर्न लागेका हुन् । मनकामना लघुवित्तले स्मार्ट लघुवित्तलाई गाभेपछि बनेको कम्पनीको चुक्तापूँजी रू. ८ करोड २२ लाख पुग्नेछ ।

 हालसम्ममा दुबै कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गरेका छैनन् । 

Read More
  • MBL - below news