नबिल बैंकले आफ्ना कर्मचारीलाई ७ महिनाको बोनस वितरण गरेको छ। केहि बाणिज्य बैंकले आर्थिक वर्षको अनुमानित नाफाबाट १ महिनाको तलब बराबरको बोनस खातामा पठाएपनि नबिल बैंकले ७ महिनाको पठाएको हो।
सानिमा र ग्लोबल आइएमई बैंकले एक महिनाको तलब बराबरको बोनस कर्मचारीको खातामा हालेपनि नबिलले ७ महिनाको खातामा पठाएको हो। नबिलले आफ्ना उच्च तहमा कार्यरत कर्मचारीलाई ५ महिनाको मात्रै बोनस खातामा पठाएको छ। बैंकले कम तलब हुने कर्मचारीलाई ८ महिना र धेरै तलब हुनेलाई ६ महिना बराबरको बोनस हालेको बैंकका एक कर्मचारीले बताए। ...



