काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ८६ हजार ९ सय ४० कित्ता सेयर सूचीकृत भएको छ । मिर्मिरेले स्वेडा लघुवित्तलाई १० बराबर ६.३ अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको सेयर सूचीकृत भएको हो । यससँगै नेपाल राष्ट्र बैंकको पत्र अनुसार नेप्सेमा रोक्का गरिएको मिर्मिरेको सेयर कारोबार पनि फुकुवा भएको छ ।
मिर्मिरेले स्वेडालाई एक्वायर गरेर असार २१ गतेबाट एकीकृत कारोबार सुरु गरिसकेको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार ५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृति दिएको थियो ।







