के हो किसान क्रेडिट कार्ड ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
के हो किसान क्रेडिट कार्ड ?

नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष (२०७७/७८) को मौद्रिक नीतिमा किसान क्रेडिट कार्डको विषय उठान गरेको छ । बिशेष गरी किसानले पाउने ऋण र अनुदानसँग सम्बन्धित यस कार्ड चाडै प्रयाृगमा ल्याउने गृहकार्यमा कृषि विकास बैङ्क छ । मौद्रिक नीतिमा उल्लेख भएको यसलाई कार्यान्वयनमा लैजान नेपाल राष्ट्रबैङ्कको सर्कुलरको प्रतिक्षामा बैङ्क छ  ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी २/४ दिनमै सर्कुलर जारी गर्ने बताउँछन् । उनका अनुसार कसरी कार्यान्वयनमा जाने भन्ने विषय केन्द्रिय बैङ्क र कृषि विकास बैङ्क मिलेर टुङ्गो लगाउनेछन् ।

कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय दसैँ अगाडी कार्ड जारी गरिने बताउँछन् । उनले भने, ‘हामी दसैँ अगाडी नै जारी गरिसक्छौँ । यसलाई तीन चरणमा गरेर जारी गर्छौँ, पूर्णतया कार्यान्वयनमा आउन करिब ५ महिना लाग्नेछ ।’ किसान क्रेडिट कार्ड के हो ? यसले किसानको हितमा कसरी काम गर्छ ? भन्ने आम चासोलाई सम्बोधन गर्न हामीले राष्ट्र बैङ्क र जारी गर्ने कृषि विकास बैङ्कसँगसँग कुराकानी गरेर बुझाउँन खोजेका छौ ।

किसान क्रेडिट कार्डले यसरी गर्नेछ काम

मौद्रिक नीतिको बुँदा नम्बर ८३ मा किसान क्रेडिट कार्डको व्यवस्था गरिने उल्लेख छ । यो कार्ड कृषि विकास बैङ्कले जारी गर्नेछ । नेपाल राष्ट्र« बैङ्कले कृषि विकास बैङ्कको मागपछि किसान क्रेडिट कार्ड सो बैङ्कमार्फत जारी गर्न पाउने गरी व्यवस्था गरेको हो ।

Read More