महेन्द्रनगर यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महेन्द्रनगर यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेको छ।

महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले उक्त एक्सटेन्सन काउन्टरको उद्धघाटन गरे।

कार्यक्रममा यातायात कार्यालयका प्रमुख भट्टले मेगा बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीहरुले यातायात कार्यालयमा सहज रुपमा बैंकिङ कारोबार गर्न पाउने बताए। 

करिब ४ सय जना सेवाग्राहीहरु दैनिक लाभान्वित हुने उनले बताए।

यसैगरी, मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख ओझाले बिभिन्न सरकारी कार्यालयमा एक्सटेन्सन काउन्टर खोलेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप यातायात कार्यालयमा पनि एक्सटेन्सन काउन्टर विस्तार गरिएको जानकारी गराए।

Read More
  • MBL - below news