नेपाल स्टक एक्सचेन्ज र नबिल बैंकबीच प्रति ऋणपत्र सम्झौता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल स्टक एक्सचेन्ज र नबिल बैंकबीच प्रति ऋणपत्र सम्झौता

नेपाल स्टक एक्सचेन्ज र नबिल बैंक लिमिटेडबीच प्रति ऋणपत्र सम्झौता भएको छ।

जसमा अंकित तथा चुक्ता मूल्य रु. १,०००।– कायम भएको २०,००,००० थान १०% नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने उल्लेख छ। ऋणपत्र सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन।

कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २०,००,००० थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २०,००,००० थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

Read More