ज्योति विकास बैंकले १ दिन मै शेयर कर्जा दिने, यस्ता छन् विशेषता


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकले १ दिन मै शेयर कर्जा दिने, यस्ता छन् विशेषता

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  ले 'ज्योति शेयर कर्जा' योजना ल्याएको छ । बैंकले शेयर लगानीकर्तालाई शेयर धितो राखेर १ दिन मै कर्जा दिने गरी नयाँ योजना ल्याएको हो ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले साना लगानीकर्तालाई लक्षित गरेर यो योजना ल्याएको बताए । उनका अनुसार लगानीकर्ताले १०.४५ प्रतिशत देखि ११ प्रतिशत ब्याजदरसम्म कर्जा पाउँन सक्ने छन् । उनका अनुसार यस्तो प्रकृतिको कर्जा १ वर्षको अवधिमा तिरी सक्नु पर्ने जनाएको छ ।

बैंकले धितो राखेको शेयर अधिकतम ७० प्रतिशत सीमासम्म शेयर कर्जा दिने जनाएको छ ।

Read More