नेपालमै पहिलो पटक दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता सञ्चालनमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 नेपालमै पहिलो पटक दृष्टिविहीनहरुका लागि कामना सेवाको स्वाभिमान बचत खाता सञ्चालनमा

काठमाडौं । नेपालमै पहिलो पटक दृष्टिविहीनहरुका लागि कामना सेवा विकास बैंकले स्वाभिमान बचत खाता सञ्चालनमा ल्याएको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनतामाझ विभिन्न बैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता “स्वाभिमान बचत खाता” संचालनमा ल्याएको हो ।
ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचान सम्बन्धी विवरणमा के के विषयहरु उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था समेत गरिएको छ । यो दृष्टिविहीनहरुलाई लक्षित गरी सञ्चालनमा ल्याईएको डिपोजिट प्रोडक्ट नेपालको बैकिङ्ग क्षेत्रकै पहिलो हो ।

Read More
  • MBL - below news