इपेमेन्ट सेवा लागू गर्न सरोकारवालासँग छलफल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इपेमेन्ट सेवा लागू गर्न सरोकारवालासँग छलफल

सरकाले ल्याएको डिजिटल पेमेन्टमा जाने अवधारणा अनुरुप इपेमन्ट सेवा लागू गर्नका लागि सरोकारवाला निकायसँग छलफल भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उद्योगी व्यवसायीसँग इपेमेन्ट सेवामा कसरी जान सकिन्छ भनेर छलफल गरेको हो । विभागका महानिर्देशक नेत्र सुवेदीले ग्यास, खानेपानी, तरकारी फलफूल, डेरी उद्योग कसरी इपेन्ट सेवामा जान सकिन्छ भनेर निजी व्यवसायीसँग छलफल गरिएको जानकारी दिए । सबै सेवामा डिजिटल पेमेन्ट गर्ने सरकारको नीति अनुरुप इपेमेन्ट सेवामा जान कतिको उपयुक्त हुन्छ भनेर पहिलो चरणमा छलफल गरिएको उनको भनाई छ । सधैं भीडभाड हुने यातायात लगायतका अन्य कार्यलयमा अनलाइनबाट पेमेन्ट सेवा विस्तार गर्र्ने विषयमा छलफल भइरहेको उनको भनाई छ ।
राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरि बाँस्कोटाले उपभोक्ताका हकहित सुरक्षित राख्नका लागि इपेन्टमा जान उपयुक्त रहेको बताए । डिजिटल पेमेन्टमा जाँदा व्यवसायमा बार्गेनीङ नहुने हुँदा व्यवसायी उपभोक्ता दुवैलाई सहज हुने उनको भनाई छ । डेरी उद्योगमा डिजिटल पेमेन्ट गर्दा रकम सिधै किसानको खातामा जाने हुँदा यसले किसानलाई सहज हुने उनको भनाई छ । विदेशी मुलुकमा सवै सेवामा डिजिटल पेमेन्ट भइसकेकाले नेपालमा पनि विस्तार गर्न आवश्यक रहेको बताए ।

Read More