बैंकिङ सेवाको गुनासो टिपाउन अब छुट्टै पोर्टल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बैंकिङ सेवाको गुनासो टिपाउन अब छुट्टै पोर्टल

काठमाडौं । अब बैंकिङ सेवाको गुनासो टिपाउन छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याइने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति जारी गर्दै यस्तो घोषणा गरेको हो ।

गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको उक्त मौद्रिक नीतिमा सर्वसाधारणको बैंकिङ सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझावका लागि केन्द्रीय बैंकको वेबसाइटमा छुट्टै पोर्टलको व्यवस्था गरिने उल्लेख छ । नीतिमा अगाडि भनिएको छ, ‘वित्तीय ग्राहक संरक्षण इकाईमार्फत सबै प्रकारका गुनासा तथा सुजावहरुको कार्यान्वयन हुने व्यवस्था मिलाइनेछ ।’

Read More