कोरोना महामारीले विश्वभर नै अर्थतन्त्रमा ठूलो असर परेको छ। यो असर कति समय रहन्छ यकिन छैन। नेपाली अर्थतन्त्रमा पनि कोरोनाको दुष्प्रभाव देखिन थालेको छ। यसले बैंकिङ क्षेत्रमा पनि असर पार्नेछ। बैंकहरूमा आफ्नो पैसा राखेका झन्डै करोड ग्राहकको पैसा के हुन्छ? उनीहरूले पाउने ब्याजमा के असर पर्छ? बैंकका लाखौं ऋणीलाई कसरी असर गर्छ? उनीहरूलाई बैंकले कसरी सहयोग गर्छ?
यसै सम्बन्धमा सेतोपाटीका अमित ढकाल, मनोज सत्याल र कमल नेपालले एनएमबी बैंकका सिइओ सुनिल केसीसँग लिएको अन्तर्वार्ताको सम्पादित अंश:
तपाईंको बैंकमा धेरै बचतकर्ता हुनुहुन्छ। कोरोनाका कारण देखिएको आर्थिक शिथिलताले ती बचतकर्तालाई कसरी असर पारिरहेको छ? उहाँहरूको मुद्दती वा बचत खातामा रहेको पैसामा कसरी असर पर्छ?
हामीले आफ्नो जीवनकालकै अप्ठ्यारो स्थिति भोगिरहेका छौं। नेपालको निजी बैंकिङ करिब ३५/३६ वर्षको मात्रै इतिहास भएको क्षेत्र हो। यो क्षेत्रले ३६ वर्षमा भोगेको सबभन्दा अप्ठ्यारो परिस्थिति अहिले हो। हाम्रा ग्राहक, निक्षेपकर्ताले पनि अहिले जटिल परिस्थितिसँग जुधिरहेको अवस्था हो।