प्रभुु र समृद्धि क्यापिटलको एकीकृत कारोबार सुरु


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभुु र समृद्धि क्यापिटलको एकीकृत कारोबार सुरु

प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई सोमबारबाट प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको सुरु भएको छ ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दैै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले दुवै कम्पनी मर्ज भई एकीकृत कारोबार गरेको उपलक्ष्यमा बधाई दिँदै नेपाली पुँजी बजारमा मर्जर पछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी महत्वपूर्ण योगदान दिने विस्वास व्यक्त गरे ।

उनले आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्थामात्र बजारमा रहन सक्ने भन्दै प्रभु क्यापिटलले पुँजी बजारमा आफ्नो दरिलो स्थान बनाउने विश्वास लिएको बताए । उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्रबोर्डले यसतर्फ समेत ध्यान दिइरहेको बताए ।
विशिष्टिकृत योजनामा विदेशी लगानी समेत भित्र्याउन सकिने व्यवस्था गरेको बताउँदै उनले क्यापिटलहरु अझ बढी श्रृजनशील हुनुपर्ने बताए ।

Read More
  • MBL - below news