राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न कम्पनीलाई ऊर्जा बचत अनुदान हस्तान्तरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न कम्पनीलाई ऊर्जा बचत अनुदान हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने उपकरण जडान गरेका कम्पनीहरूलाई अनुदान प्रदान गरेको छ । बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई सहयोग गरेको हो । 

स्वीकृत अनुदान कार्यविधिअनुसार अशोक स्टिल इन्डस्ट्रिजलाई १ करोड रुपैयाँ, सीताराम गोकुल मिल्सलाई २० लाख १ हजार १ सय ३१ रुपैयाँ, गोयन्का स्टिललाई ५ लाख ६० हजार ४ सय रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ । अनुदान रकमको चेक सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा उनले अन्य उद्योगहरूलाई ऊर्जा बचत कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरे । त्यस्तै,   अन्य बैंकको तुलनामा आफ्नो बैंकको आधार दर कम भएकाले कर्जा सुविधा लिन पनि आग्रह गरेका थिए । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम आर्थिक अनुदान दिइएको बैंकले जनाएको छ । 

Read More
  • MBL - below news