८ वर्ष अगाडि नेपाल लाइफ इस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बनेका विवेक झाको व्यवस्थापकीय क्षमता कै कारण आज नेपाल लाइफ अब्बल र सबैको रोजाइको कम्पनी बनेको छ । जानकी मन्दिर नजिकैको गाउँमा हजुर बुबा निरशु झाले गाउँ टोलमा र हजुर आमाले आफ्नै घरमा गरेको व्यवस्थापकीय कामबाट प्रभावित नाति विवेकले छोटो समयमा नै आफूलाईमात्र ब्राण्डिङ गराएनन्, कम्पनीलाई समेत सोही दर्जामा उभ्याए । कान्छो सीईओको रुपमा कार्यभार सम्हालेका उनले संस्थालाई हरेक हिसावले अब्बल बनाए, वेष्ट कम्पनी बनाए । इन्टरप्रेनर बन्ने इच्छा पालेका झा अहिले कुशल व्यवस्थापक बनेका छन् ।
यसको श्रेय उनी आफैमात्र लिन चाहँदैनन्, सम्पूर्ण टिमको इमान्दारिता, मेहनत र विश्वासले कम्पनी यो अवस्थामा पुगेको उनी बताउँछन् । यही असार ३१ गतेदेखि उनको नेपाल लाइफ इन्स्योरेन्समा सीईओको दास्रो कार्यकाल सकिदैछ । उनै झासँग कम्पनी र उनको कर्पोरेट यात्राका विषयमा आर्थिकन्युजले गरेको कुराकानीको सारः
भनिन्छ, कुशल व्यवस्थापकीय क्षमता भएको व्यक्तिले जीवनमा कहिले पनि असफल हुनु पर्दैन । उसको यो क्षमताले जतिसुकै कठिन र अप्ठ्यारो परिस्थितिलाई पनि सहज र सरल बनाइ अनुकरणीय काम गर्न प्रेरित गर्दछ । कुनै व्यक्तिमा यो कुरा आफै सिर्जित हुन्छ भने कोही अरुबाट अभिप्रेरित हुन्छन् ।








