काठमाडौं – एनएमबि बैंक लिमिटेडको वैकल्पिक सञ्चालकमा रवि शंकर सैंजूलाई नियुक्त भएका छन् ।
बैंकका संस्थापक शेयरधनी एफएमओ, नेदरल्याण्ड्सका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक निको पिलको वैकल्पिक सञ्चालकमा आज (असार २५ गते, बिहीबार) बाट लागू हुनेगरी काेटेश्वर काठमाडौं निवासी रवि शंकर सैंजूलाई नियुक्त गरिएकाे बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।






