अमेरिकामा नोट प्रचलन हराउँदै, डिजिटल भुक्तानीले यी कम्पनीहरु मालामाल


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अमेरिकामा नोट प्रचलन हराउँदै, डिजिटल भुक्तानीले यी कम्पनीहरु मालामाल

काठमाण्डौ । अमेरिकामा कोरोना महामारीका कारण नगद (नोट) को प्रयोगमा व्यापक गिरावट आएको छ।

पैसाबाट संक्रमण फैलन सक्ने भएकाले अमेरिकामा नगद प्रयोगमा गिरावटले तीव्रता पाएको हो। फेडेरल रिर्जभ (फेड) का अनुुसार अमेरिकामा कोरोना महामारीपूर्व नै नगदको प्रयोगमा कमी आइरहेको थियो। यो महामारीले डिजिटल भुक्तानीलाई झनै बढावा दिएको फेडको तर्क छ। 

नगदको प्रयोगमा देखिएको कमी अमेरिकी कम्पनी स्वायर र पे पालका लागि भने सुुखद् हुुने देखिएको छ। मानिसहरुले यो वर्ष भौतिक बिल र क्वाइनको प्रयोगमा कमी ल्याउनुुका साथै अनलाइन किनमेल गर्दै डिजिटल भुुक्तानी गरेपछि यी कम्पनीहरुको सेयरमा यो वर्ष उछाल आएको छ। 

मानिसहरुले डिजिटल भुुक्तानीमा जोड दिन थालेपछि यो वर्ष पे पालको सेयरमूल्यमा ६५ प्रतिशतको वृद्धि भएको छ। त्यस्तै स्क्वाइरको सेयरमूल्यमा दोब्बर उछाल आएको छ। 

यी दुुवै कम्पनीको सेयरमूल्य अहिलेसम्मकै उच्च विन्दुुमा पुगेको छ। 

Read More