काठमाडौं : ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा चन्द्र भट्ट नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । भट्ट यसअघि आइएमई लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् ।
साथै, मेगा र इन्भेष्टमेन्ट बैंकको उच्च व्यवस्थापनमा रहेर पनि काम गरेको अनुभव छ । मनोज ज्ञवालीको वैशाख १५ गते राजीनामा स्वीकृत भएपछि सो पद रिक्त थियो ।




