एनआइसी एशिया लघुवित्तको कारोबार बिहीबारबाट खुल्ने, ओपनिङ्ग रेञ्ज कति ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआइसी एशिया लघुवित्तको कारोबार बिहीबारबाट खुल्ने, ओपनिङ्ग रेञ्ज कति ?

एनआइसी एशिया लघुवित्तले बिक्री गरेको समेत गरी १४ करोड ८० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। शेयर सुचीकरणसँगै बिहीबारबाट लघुवित्तको नेपाल स्टक एक्चेञ्जमा कारोबार खुल्ने भएको छ।

लघुवित्तले असार १० गतेदेखि सर्वसाधारणमा ४६ लाख  कित्ता शेयर बिक्री गरेकाे थियाे। शेयर  बिक्री गरेकाे दुइ साता पछि लघुवित्तकाे शेयर सूचीकृत भएकाे हाे। 

नेप्सेले लघुवित्तको शेयर कारोबारको लागि एनआईसीबिएसएल कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ११०.४३ रुपैयाँदेखि ३३१.२९ रुपैयाँको कारोबार रेञ्ज प्रदान गरेको छ। यही रेञ्जमा आधारित रहेर बिहीबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

Read More