इन्टरनेटमा मूल्य समायोजन कहिले ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेटमा मूल्य समायोजन कहिले ?

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्य भारी मात्रामा सस्तिए पनि नेपालमा भने त्यसअनुसार समायोजन हुन सकेको छैन। नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले पहिले ३० अमेरिकी डलर पर्ने प्रतिमेगाबिट प्रतिमहिनाको इन्टरनेटको भाउ अहिले ६ डलरमा झरे पनि नेपालमा मूल्य समायोजन हुन नसकेको बताए। बाह्य बजारमा यसरी सस्तिएको इन्टरनेट ब्यान्डविथको लाभ नेपाली उपभोक्ताले भने पाउन सकेका छैनन्। रोयले अन्तर्राष्ट्रिय बजारमा घटेको भाउअनुसार नेपाली बजारमा पनि मूल्य समायोजनबारे आफूहरूले छलफल गर्ने बताए।

प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलबार आयोजना गरेको डिजिटल सम्मेलनमा निर्देशक रोयले यस्तो बताएका हुन्। नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समीतजंग थिङले भने एक एमबीपीएस इन्टरनेट ५–६ डलरमा किनेर नेपालमा २५ एमबीपीएसलाई एक हजारदेखि १५ सय रुपैयाँमा बेचिएको सुनाए। उनले अझै पनि नेपाली इन्टरनेट सस्तो रहेको बताए।

नेपाली इन्टरनेट सेवाप्रदायकले ब्यान्डविथको बाँडफाँट (सेयरिङ) गरेर चलाएकाले सस्तोमा इन्टरनेट पाइएको बताए। ‘हामीले २५ एमबीपीएस इन्टरनेट ८ जनाका लागि भनेर दिने हो। त्यसमा हरेकले औसत ३ एमबीपीएस पाउँछन््’, उनले भने, ‘तर, एकैपटक सबैले समान स्तरमा इन्टरनेट प्रयोग नगर्ने भएकाले एउटा प्रयोगकर्ताले १०–१२ एमबीपीएस उपभोग गरिरहेको हुन्छ।’ ग्राहकले २५ एमबीपीएस भनेर लिएको इन्टरनेट सेवामा भनेजति नै ब्यान्डविथ प्राप्त गर्न नसक्ने उनले बताए।...

Read More