सोमबार दिनभर जसो नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा समस्या आयो । कारोबार जारि रहेपनि लगानीकर्ताले कारोबारको लाइभ डाटा पाउँन सकेनन् । मंगलबार बिहान १०:३० बजेसम्म पनि वेबसाइट पूर्ण रुपमा खुलिसकेको थिएँन ।
यसरी वेबसाइटमा समस्या आएको यो पहिलो पटक भने होइन । वेबसाइटमा समस्या आउँदा नेप्सेले विभिन्न कारण देखाउने गरेको भएपनि वेबसाइट नै धेरै लोड नधान्ने भएको पाईएको छ ।
सोमबार दिनभर जसो वेबसाइटमा समस्या आउनुमा नेप्सेले मुख्यत २ वटा कारण दियो । पहिलो, कृषि विकास बैंक अगाडी रहेको वेबसर्फ़र कम्पनीको अप्टिकल फाइबरमा आगलागी हुँदा सेवा बन्द भएर समस्या आएको। तर नेप्से आफैले बैकल्पिक ब्यबस्थाको लागि वल्डलिंकको इन्टरनेट प्रयोग गरेको र वेबसर्फ़रको तर्फबाट सो समस्या समाधान भैसकेकोले नेप्सेको तर्कमा धेरै दम थिएँन ।
त्यस्तै दोस्रो कारणको रुपमा नेप्सेले संचार मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र डिआईडिसीमा पावर डाउन भएर आफ्नो वेबसाइटमा समस्या भएको दाबी गर्यो । तर केन्द्रका सहायक निर्देशक रमेश प्रसाद पोखरेलले राति १ बजे पावर डाउन भएको र त्यो बिहानै समाधान भएको जनाए । त्यस्तै उनले नेप्सेको आफ्नै सर्भर रहेको र डिआईडिसीमा सर्भरमा समस्या आउँदा नेप्सेमा समस्या नआउने जनाए। यस सँगै नेप्सेको वेबसाइटमा समस्या आउनु बाहिरी कारण नभई आफ्नै कारण भएको देखिन्छ । ...




