एनआईसी एशीयाका ऋणीलाई ब्याज तथा किस्ता बुझाउन ताकेता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशीयाका ऋणीलाई ब्याज तथा किस्ता बुझाउन ताकेता

काठमाडौं । एनआईसी एसीया बैंकले बैंकका ऋणीलाई साँवा तथा ब्याज भुक्तानी गर्न ताकेता गरेको छ । बैंकले असार मसान्त भित्र ऋणको सावाँ तथा ब्याज भुक्तानी गरेमा सम्पूर्ण ऋणीहरुलाई साउनदेखि ९.९९ प्रतिशत मात्र ब्याज लागू गर्ने जनाएको छ ।

सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना उक्त बैंकले ल्याएको हो । 

यस बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्ममा चुक्ता गर्नु पर्ने छ ।  ...

Read More
  • MBL - below news