काठमाडौंको न्युरोड बस्दै आएका बसन्त हुँमागाईले एनसेल सेन्टर न्युरोडबाट नयाँ सिम निकाले । सिम किनेकै दिनदेखि उनलाई अपरिचित नम्बरबाट अपरिचित व्याक्तिको फोन आउँन थाल्यो। उनलाई निरन्तर अपरिचित नम्बर र व्यक्तिबाट फोन आइरह्यो । भर्खर स्नातक अध्ययन गर्दै गरेका उनलाई 'बिल बन्यो, सामान आयो , पैसा आयो' लगायतका प्रश्न आउँन थाले ।
यसबारे उनलाई खुल्दुली भयो । आफुलाई यसरी फोन किन आइरहेको छ भन्ने जिज्ञासा मेटाउन उनी सिम निकालेको एनसेल सेन्टरमा पुगे । त्यहाँका कर्मचारीले त्यो नम्बर पहिले अरु नै व्यक्तिको नाममा रहेको खुलासा गरे । उक्त नम्बरबाट अरु नै कुनै व्यक्तिको इमो नम्बर समेत एक्टिभ रहेको थाहा पाएपछि हुमागाईं चकित परे। यति मात्र होइन उनले इमोमा भएका सम्पूर्ण म्यासेज समेत हेरे । हुमागाई यस्तो समस्या भोग्ने प्रतिनिधि पात्र मात्र हुन् ।
यसरी एक व्याक्तिले लिएको सिम किन अर्को व्यक्तिलाई दिइयो भन्ने जिज्ञासा हामिले नेपाल दुरसञ्चार प्राधिकरणमा राख्यौ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक व्यक्तिले सिम लिएर त्यो सिम ६ महिनासम्म नचलाई राखेको खण्डमा सो नम्बर अर्को व्यक्तिलाई दिने गरिएको बताए । उनका अनुसार प्राधिकरणको अनुमतिमै सेवा प्रदायकहरुले ६ महिनासम्म निष्क्रिय रहेका सिमहरु अर्को व्याक्तिलाई दिइने गरेको हो ।
तर ६ महिनासम्म नचलाइ राखेका सिम अन्य व्यक्तिलाई वितरण गर्दा विभिन्न ब्यबहारीक समस्या उत्पन्न भएको छ । यसकै कारण साईबर अपराध समत बढेको छ । यसरी एक व्यक्तिको सिम अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनाधिकृत व्यक्तिको पहुँच पुग्न जाने हुँदा सुरक्षा खतरा बढेको हो । कतिपय हकमा बैंक खातामा मोबाइल नम्बर जोडिने र सोहि नम्बर अर्को व्यक्तिलाई जाँदा आफ्नो व्यक्तिगत बैंक खातामा समेत अनाधिकृत पहुँच भई बैंकको पैसा समेत चोरिने जोखिम हुन्छ।
प्राधिकरणले डेढ बर्ष अधिदेखि यस्तो अनुमति दिएपनि अपराधिक घटनाका उजुरी खासै नआएको जनाएको छ । यसरी अर्को व्यक्तिले सिम प्राप्ति पश्चात पहिलाको व्यक्तिको बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुका दूरुपयोग गरेमा साइबर क्राइम अन्तर्गत कारवाहि हुने प्राधिकरणका अध्यक्ष खनाल बताउछन् । उनले भने 'यदि कसैले अर्कैको सिम प्राप्तिपश्चात दूरुपयोग गर्न खोजे उसलाई साइबर अपराध अन्तर्गंत कारवाही हुन्छ तर अहिले त्यस्तो कमै आएको छ ।’ ...




