राष्ट्रिय वाणिज्य बैंकको स्थगित अन्तर्वार्ता सञ्चालन हुने भएको छ । यस बैंकको केन्द्रीय कार्यालय, बागमति प्रदेश र सो अन्तर्गतका कार्यालयहरुमा कम्तिमा ७ वर्ष काम गर्ने गरी तह ४ सहायक (प्रसाशन सेवा प्रसाशन समूह) तथा सहायक (नगद) प्रसाशन सेवा समूह पदमा तपसिल बमोजमको पद संख्यामा पदपूर्ति गर्न मिति २०७५ चैत्र २२ गते मा प्रकाशित विज्ञापनका लागि लोक सेवा आयेगले निम्न मितिमा सञ्चान गरेको खुल्ला प्रतियोतितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदरहरु मध्य लोक सेवा आयोगको सूचना बमोजिम वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनौट भएको सूचना क्रमशः मिति २०७६ फागुन १५ र २०७६ चैत्र ६ गनेको गोरखापत्र दैनिकमा प्रकाशित गरिएको ।
पुनः गोरखापत्र दैनिकमा २०७६ चैत्र ९ गते प्रकाशित सूचनाबाट उक्त विज्ञापनहरुको अन्तर्वार्ता सम्बन्धि कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरीएकोमा यसरी स्थगित गरिएको अन्तर्वार्ता सम्बन्धि कार्यक्रम यस बैंकको पदपूर्ति समितिको निर्णयानुसार तपसिलको मितिबाट सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरुले यस बैंकको तालिम तथा बिकास विभाग, दरबारमार्ग काठमाडौंमा निम्न मिति र समयमा प्रवेश पत्र, नागरीकता र शैक्षिक योग्यताका सक्कल प्रमाणपत्रहरु तथा समावेशी समूहमा सफल भएका उम्मेदवारहरुले आफु उक्त समूह भित्र परेको खुल्ने सक्कल कागजात अनिवार्य रुपले साथमा लिई अन्तर्वार्ता सुरु हुने समय भन्दा ३० मिनेट अगाडि उपस्थित हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सूचनाका लागि तलको "Read More" Button मा Click गरी छनोट भएका उम्मेदवारहरुको नामावली हेर्न सक्नुहुनेछ ।






