असार १९, काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओ शनिवारनै बाँडफाँट हुने भएको छ ।
बिहीवार प्रि–अलोटमेण्ट गरि आइतवार बाँडफाँट गर्ने तयारी गरिएको भएपनि सोहि दिनदेखि साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ विक्री खुला हुने हुँदा विद्युतीय प्रणालीमा समस्या हुन सक्ने भन्दै शनिवारनै बाँडफाँट गर्न लागिएको विक्री प्रवन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
विक्री प्रवन्धकका अनुसार उक्त कम्पनीको आईपीओ शनिवार विहान ९ : ३० बजे बाँडफाँट हुने छ ।
कोरोना संक्रमण बढी रहेको अवस्थामा सञ्चारकर्मी तथा लगानीकर्तालाई बाँडफाँट कार्यक्रममा उपस्थित नहुन क्यापिटलले भनेको छ ।
संक्रमणका बीच थोरै जनाको सहभागितामा आईपीओ बाँडफाँट गर्न लागिएको हो । सञ्चारकर्मी र लगानीकर्ताको जानकारीका लागि भने उक्त क्यापिटलको फेसबुक पेजबाट बाँडफाँटको प्रत्यक्ष प्रशारण गरिने विक्री प्रवन्धक सानिमा क्यापिटलले बताएको छ ।
उक्त कम्पनीले असार १० गतेदेखि १४ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरि २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
उक्त कम्पनीको आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको छ जसमध्येमा योग्य आवेदक भने ३ लाख ९७ हजार ७४१ जना रहेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ । आवेदकको संख्याको आधारमा हालको व्यवस्थाबाट सबैले पहिलो चरणमा १० कित्ता शेयर प्राप्त गर्नेछन् । ...



.jpg)
