एनआइसी एसिया लघुवित्तको आइपीओ शनिबार बिहान बाँडफाँट हुँदै, यस्तो छ कार्यक्रम


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआइसी एसिया लघुवित्तको आइपीओ शनिबार बिहान बाँडफाँट हुँदै, यस्तो छ कार्यक्रम

काठमाडौं : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आइपीओ अन्ततः शनिबार (असार २० गते) नै बाँडफाँट हुने भएको छ । नियामक नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि शनिबार नै आइपीओ बाँडफाँट गर्न लागिएको हो । यसअघि आइतबार बाँडफाँट गरिने तयारी गरिएको थियो । तर साधना लघुवित्तको आइपीओ पनि खुला हुने भएकाले सीडीएसको सिस्टममा समस्या हुन सक्ने भन्दै शनिबार नै बाँडफाँट गर्न लागिएको एनआइसी एसिया लघुवित्तले जानकारी दिएको छ ।

यो आइपीओ शनिबार बिहान ९ः३० बजे बाँडफाँट हुनेछ । तर सञ्चारकर्मी तथा लगानीकर्तालाई बाँडफाँट कार्यक्रममा भेला नहुन कम्पनीले आग्रह गरेको छ । कोरोनाका कारण सामूहिक भेला नगरी बाँडफाँट गरिन लागिएको हो । सानिमा क्यापिटलको फेसबुक पेजबाट बाँडफाँटको लाइभ देखाइनेछ । यस आइपीओको बिहीबार प्रिअलोटमेन्ट कार्य सम्पन्न भइसकेको छ । 

 यो सेयर न्यूनतम १० कित्ता सबैले पाउने देखिएको छ । यस कम्पनीले असार १० गतेबाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । जसमा कुल निष्कासनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ ।

...

Read More