‘खाता खोल्न बैंक नै आउनु पर्ने बाध्यतालाई सरल बनाउन मौद्रिक नीतिमा व्यवस्था गरियोस्’


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘खाता खोल्न बैंक नै आउनु पर्ने बाध्यतालाई सरल बनाउन मौद्रिक नीतिमा व्यवस्था गरियोस्’

काठमाडौं । कोभिड–१९ का कारण अस्तव्यस्त भएको उद्योग व्यवसायको गतिशिलताको लागि तरलता सहजता हुनुपर्छ । मौन्द्रिक नीतिले भएका उद्योग व्यवसायले गतिशिल बनाउने र तरलताको सहजीकरण गर्नुपर्छ । नेपालभित्रबाट मात्र तरलता सहजता गर्न सकिदैन भने बाहिरबाट लिएर भएपनि अझ सहज र सरल बनाउनु पर्छ । अहिले बैंक तथा वित्तीय संस्थासँग प्रशस्तै तरलताको अवस्था भएपनि भोलि अभाव हुन सक्छ । 

अन्तर्राष्ट्रिय बजारमा भएको तरलतालाई नेपाली बजारमा ल्याउन सक्ने हुनुपर्छ । विशेषतः अहिले उद्योग व्यवसायलाई तीन क्याटोगोरीमा वर्गीकरण गर्नुपर्छ । बढी असर परेका अर्थात लामो समयसम्म रिभाइभ हुन नसक्ने, ६ महिना वर्ष दिनमा रिभाइभ हुने र तत्कालै रिभाइभ हुनेलाई त्यहि अनुसार सेवा सुविधा दिनुपर्छ । कर्जाको पुर्नतालिकीकरणदेखि पुर्नसंरचनासम्म जे जे गर्न सकिन्छ त्यो गरेर उद्योग व्यवसायलाई बचाउनु पर्छ । यी व्यवसाय बचेमात्र बैंक बच्ने हो । 

कतिपय उद्योग व्यवसायले लकडाउनकै समयमा निकै नै राम्रो गरिरहेका छन् । बढी प्रभावित, मध्यम प्रभावित तथा कम प्रभावितलाई छुट्याउन पर्छ । सूचना प्रविधि (आईटी), खाद्य प्रोसेसिङलगायतका उद्योगहरूले अझ राम्रो पनि गर्दै आएका छन् । केही क्षेत्र त्यस्ता छन् जसमा सरकारी राहत प्याकेज नभइ उठन नसक्ने अवस्था पनि देखिएको छ ।

Read More
  • MBL - below news