एनआइसी एशिया लघुवित्तको आइपीओ आइतबार बाँडफाँड हुने, कतिजनाले पाउलान् २० कित्ता?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनआइसी एशिया लघुवित्तको आइपीओ आइतबार बाँडफाँड हुने, कतिजनाले पाउलान् २० कित्ता?

एनआइसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २१ गते आइतबार बाँडफाँड हुने भएको छ। 

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो। सोही शेयर आइतबार बाँडफाँड हुने भएको हो।

पछिल्लो तथ्याँक अनुसार लघुवित्तको आइपीओमा आवेदन गर्ने सबैजना आवेदकले न्युनतम १० कित्ता शेयर पाउने निश्चित छ भने बाँकी भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउनेछन्।

लघुवित्तले निष्काशन गरेको आइपीओमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। जसमध्ये ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ।

Read More
  • MBL