नेपालका २० लाख प्राविधिक जनशक्ति तालिमबिना नै कार्यरत


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपालका २० लाख प्राविधिक जनशक्ति तालिमबिना नै कार्यरत

नेपालमा कार्यरत ३६ लाखभन्दा बढी प्राविधिक जनशक्तिमध्ये करिव ११ लाख जनाले मात्र छोटो तथा लामो समयको प्राविधिक तालिम र शिक्षा लिएको पाइएको छ । नेपालमा विभिन्न सरकारी, नीजि तथा अन्तर्राष्ट्रिय विकास साझेदारले डेढ दर्जन कार्यक्रममार्फत् प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम दिने गरे पनि कार्यरत जनशक्तिमध्ये ७० प्रतिशत तालिमविहीन रहेको छ ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति प्रक्षेपण गरी राय सुझाव प्रतिवेदन पेश गर्न एक वर्षअघि गठन गरेको गरेको कार्यदलले हाल कार्यरत प्राविधिक जनशक्तिमध्ये ३० प्रतिशतले मात्र तालिम तथा शिक्षा लिएको निश्र्कष निकालेको थियो । कार्यदलले सात वटा क्षेत्रहरु कृषि र बन, ईञ्जिनियरिङ्ग तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल मेनेजमेण्ट, यातायात तथा संचार, प्रशोधन उद्योग र विविधलाई निजी तथा व्यावसायिक सेवाहरुमा समूहीकृत गरी कुल कार्यरत जनशक्तिको अनुमान तयार गरेको कार्यदलका सदस्य एवम प्राविधिक शिक्षा एवं तालीम परिषद् (सिटिईभिटी)का निर्देशक प्रमोदभक्त आचार्यले बताए ।

प्राविधिक जनशक्तिको अनुमान तथा प्रक्षेपण
कार्यदलको आकलनअनुसार विभिन्न आर्थिक क्षेत्र-पेशाहरु कृषि, बन, इञ्जिनियरिङ्ग तथा निर्माण, चिकित्सा तथा मानव स्वास्थ्य, होटल व्यवस्थापन, यातायात तथा संचार प्रशोधन, उद्योग र विविध निजी तथा व्यावसायिक सेवाहरुमा कूल ३६ लाख ४४ हजार ९८ जनशक्ति कार्यरत छ । जसमध्ये १० लाख ८७ हजार ६०९ अर्थात २९.८५ प्रतिशतले कुनै न कुनै अल्पकालीन तथा दीर्घकालीन तालिम प्राप्त गरेको पाइएको छ । यस्तो जनशक्तिमध्ये आर्थिक वर्ष २०७४-०७५ सम्ममा ६ लाख २६ हजार ८४३ जनशक्तिलाई सिटिईभिटीबाट तालिम प्रदान गरिएको छ । तालिम प्राप्त व्यक्तिहरुमध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा ६७ हजार २६८ जना, प्राविधिक एसएलसी तर्फ २ लाख १६ हजार १०३ जना र सीपपरीक्षण प्रमाणपत्र प्राप्त ३ लाख ४३ हजार ४७२ जना रहेका छन् । यो संख्या बिगत २ वर्षयता केही बढे पनि कोरोना महामारीका कारण चालु आर्थिक वर्षमा तालिम तथा शिक्षा लिइरहेका धेरै विद्यार्थीले अन्तिम परीक्षा दिन पाएनन् ।

Read More