एनआईसी एशिया लघुवित्तको आईपिओको 'प्रि बाँडफांड' बिहिबार


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईसी एशिया लघुवित्तको आईपिओको 'प्रि बाँडफांड' बिहिबार

एनआईसी एशिया लघुवित्तले निष्काशन गरेको आईपिओमा कसले कति कित्ता शेयर पाउने भन्ने टुंगो बिहिबार लाग्ने भएको छ  । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बिहिबार बिहान १० बजे आईपिओको 'प्रि अलोटमेन्ट' गर्ने भएसँगै कति लगानीकर्तालाई कति शेयर पर्ने भन्ने टुंगो लाग्ने भएको हो  । 

 'प्रि अलोटमेन्ट' पछि कति लगानीकर्ताले कति शेयर कित्ता शेयर पाउँछन् भन्ने टुंगो लाग्छ । क्यापिटलले शेयर बाँडफाडको मिति भने नियामक निकायसंग छलफल गरेर छिट्टै तय गर्ने जनाएको छ । शेयर बाँडफाडको दिन बल झिकेर गोलाप्रथा मार्फत कुन लगानीकर्ताले कति कित्ता शेयर पाउने भन्ने निर्क्योल गरिने छ । कम्पनीको आईपिओमा धेरै लगानीकर्ताले १० कित्ता शेयर पाउने छन् भने केहिले गोलाप्रथाबाट २० कित्ता शेयर पाउने छन् ।

क्यापिटलका अनुसार आईपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिए भन्दा ५.१९ गुणा बढी हो । 

आईपिओमा आवेदन दिने लगानीकर्ताको संख्याको हिसाबमा यस कम्पनीले इतिहास रचेको छ ।  यस अघिसम नेपाल पुनर्बिमा कम्पनीको आईपिओमा ३ लाख ९१ हजार बढीले आवेदन दिएका थिए जुन हाल सम्म कै उच्च थियो । त्यो रेकर्ड एनआईसी एसिया लघुबित्तले तोडेको हो ।  सर्वसाधारणलाई शेयर निष्काशन गर्दा ४ लाख बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।  

Read More