ज्योतिको सीइओ बन्न श्रीचन्द्र भट्टले आइएमइ लाइफ छोडे, साढे २ बर्षअघिको दौडधुप बल्ल हुने भयो सफल !


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
ज्योतिको सीइओ बन्न श्रीचन्द्र भट्टले आइएमइ लाइफ छोडे, साढे २ बर्षअघिको दौडधुप बल्ल हुने भयो सफल !

काठमाडौँ । आइएमइ लाइफका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले आइएमइ लाइफ छोडेका छन् ।  ज्योति बिकास बैंकमा सीइओ बन्न उनले आइएमइ लाइफ छोडेका हुन् ।  यसअघि उनी एक रेमिट्यान्स कम्पनीमा कार्यरत थिए ।  बीचमा पनि ज्योतिको सीइओ बन्न ठुलै दौडधुप गरेका उनी आफ्नो 'मिसन'मा सफल नभएपछि आइएमइ लाइफको सीइओ भएर आएका थिए ।  उनले पूर्ण कार्यकाल बिताउन नसक्ने धेरैको पूर्वानुमान मिलेको छ, उनले इन्स्योरेन्स कम्पनी छोडेका छन् । 

ज्योति बिकास बैंकमा यसअघि पनि सीइओ बन्ने दौडमा लागेर फेल खाएका श्रीचन्द्र भट्ट यसपटक भने ज्योति बिकास बैंकको सीइओ बनेरै छोड्ने भएका हुन् । बैंकका कामु सीइओ पारस राज कंडेलको 'क्वालिफिकेसन इस्यू' देखाउँदै बैंकका अध्यक्षले पनि श्रीचन्द्र भट्टलाई नै सीइओ बनाउन जोड दिएपछि अन्तत: भट्ट ज्योतिको सीइओ हुन लागेका हुन् । यसअघि एक रेमिट्यान्स कम्पनीमा काम गरेका भट्टले यसअघि नै ज्योतिको सीइओ बन्न राम्रै दौडधुप गरेका थिए । तर उनी सीइओ भएर आएको खण्डमा मनोज ज्ञवालीले बैंक छोड्ने भएपछि चौतर्फी दबाबसँगै बैंकले मनोज ज्ञवालीलाई नै सीइओ बनाएको थियो । 

Read More
  • EBL