एनएमबि बैंकले आईएफसीमार्फत ल्यायो २५ मिलियन डलर


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनएमबि बैंकले आईएफसीमार्फत ल्यायो २५ मिलियन डलर

काठमाडौँ । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह (आईएफसी) संग अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको छ । यससंगै एनएमबि बैंक दुई बर्षको अवधिमा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

बैंकले जारी गरेको बिज्ञप्ती अनुसार यो बैंदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ । उक्त समझदारीमा एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.र आईएफसी का वर्तमान आवासीय प्रतिनिधि सन्तोष पाण्डेको बीच हस्ताक्षर सम्पन्न भएको हो  ।

बैंकले यो वित्तीय समझदारीले कोभिड-१९ को कारणले आईपरेको कठिनाईहरुको बीचमा साना तथा मझौला उद्यमीको लागी आवश्यक कर्जाको आपुर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने जनाएको छ  ।

Read More
  • MBL