मञ्जुश्री फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, एनआइबिएल एस बिक्रि प्रबन्धक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मञ्जुश्री फाइनान्सले ऋणपत्र निष्काशन गर्ने, एनआइबिएल एस बिक्रि प्रबन्धक

मञ्जुश्री फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले  १०.५ प्रतिशत ब्याज दिने गरी ५  करोड रुपैयाँको आठ वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको  हो । ऋणपत्र निष्काशनको लागि कम्पनीले एनआइबिए एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।  

चुक्तापूँजी ८१ करोड ८१ लाख र १९ करोड ७२ लाख संचित कोष रहेको संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पूँजीबाट संस्थाको थप ब्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको जनाएको छ । संस्थाको गत चैत्र २०७६ सम्म  ८ अर्ब १० करोड निक्षेप संकलन तथा  ६ अर्ब ७० करोड कर्जा लगानी रहेको जनाएको छ । 

Read More
  • MBL - below news