एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा अन्तिम दिन आइतबारसम्ममा ५ गुणाभन्दा बढी शेयर खरिदको लागि आवेदन परेको छ।
असार १४ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा ३ लाख ९९ हजार १४४ जना आवेदकबाट २ अर्ब २८ करोड ९५ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड २८ लाख ९५ हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। यो सर्वसाधारणमा निष्काशन गरिएको कुल शेयरको ५.१५ गुणा धेरै हो। ...




