गण्डकी खरिद गर्न मेगा बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गण्डकी खरिद गर्न मेगा बैंकलाई राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

काठमाडौं । मेगा बैंकले गण्डकी विकास बैंकलाई खरिद गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको गण्डकी विकास बैंक खरिद गर्न बुधबार राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो ।

मेगा बैंकले गण्डकी विकास बैंक खरिद गर्ने सम्बन्धि सम्झौतापत्रमा गत असोजमा सैद्धान्तिक सहमति गरेको थियो । मेगाले एक बराबर एक शेयर स्वाप अनुपातमा गण्डकी बैंकलाई खरिद गनए लागेको हो । दुई बैंक बीचको सम्झौताअनुसार मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ ।

बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंकको नै रहने जनाइएको छ । हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब ३८ करोड छ भने गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड रहेको छ । मर्जरपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड नाघ्नेछ। ...

Read More
  • MBL - below news