एनआईसी एशिया लघुवित्तको आईपीओमा १६ गुणाभन्दा बढी आवेदन


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआईसी एशिया लघुवित्तको आईपीओमा १६ गुणाभन्दा बढी आवेदन

असार १२, काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १६ गुणाभन्दा बढी आवेदन परेको छ । 

विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार ३ : ३० बजेसम्म २ लाख ९० हजार आवेदकबाट १६ करोड २७ लाख कित्ताको लागि आवेदन परेको हो । यो आवेदन मागभन्दा १५ करोड ८२ लाख ५६ हजार ८०० कित्ता बढी हो ।

उक्त कम्पनीले असार १० गतेदेखि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो । 

मागभन्दा बढी आवेदन परिसकेकाले निष्कासनको छिटो अवधि असार १४ गनेसम्म मात्र आईपीओ विक्री खुला रहने विक्री प्रवन्धक सानिमा क्यापिटलले बताएको छ ।

यो आईपीओ खरीद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । 

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि– आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।

Read More