काठमाडौँ । बिहिबार मध्यरातमा काठमाडौँका विभिन्न स्थानहरुमा एटिएम तोडफोड भएको छ । राष्ट्रिय बाणिज्य बैंकको लाजिम्पाट अगाडीको बुथ, एनआइसी एशिया बैंकको नयाँबजारस्थित बुथ र माछापुच्छ्रे बैंकको नयाँ बसपार्कस्थित बुथमा एटिएममाथि तोडफोड भएको हो । यी सबै संवेदनशील ठाउँका रुपमा चिनिने गरिएको छ ।
राष्ट्रिय बाणिज्य बैंकको तोडफोड भएको बुथ प्रहरीको तालिम केन्द्र र सीआइबीको कार्यालय अगाडी छ । नजिकै राष्ट्रपति कार्यालय पनि भएकाले यो ठाउँ निकै संवेदनशील ठाउँ हो । एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड भएको ठाउँ पनि निकै संवेदनशील ठाउँ मानिन्छ । यो एरियामा विभिन्न देशका दुताबासहरुसमेत रहेकाले सुरक्षाका दृष्टिकोणले यो निकै संवेदनशील एरिया हो । नयाँ बसपार्क पनि सुरक्षाका दृष्टिकोणले संवेदनशील नै एरिया हो । तर यी तीनै ठाउँमा एकैरात एटिएम बुथ तोडफोड भएको छ ।
...





