एनआइसी एसिया लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआइसी एसिया लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं : एनआइसी एसिया लघुवित्तको आइपीओमा बिहीबार साँझ ५ बजेसम्ममा १ लाख ९९ हजार जनाले १ करोड १२ लाख कित्ताका लागि आवेदन दिएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । यो मागभन्दा २.५२ बढी आवेदन हो । एनआइसी एसिया लघुवित्तले बुधबार (असार १० गते) बाट ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता आइपीओ निष्कासन खुला गरेको हो । 

जसमा कुल निष्कासनमध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । यस आइपीओमा लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ...

Read More